काठमाडौं । गत साता सेयर बजार ३१ दशमलव १४ अंकले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेको छ । सेयर लगानीकर्ताले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कुरिरहेका कारण यो साता कारोबार रकम पनि खुम्चिएको छ । साताभार कुल तीन अर्ब ३७ करोड ५० लाखको कारोबार भएको छ । दैनिक औसत कारोबार ६७ करोड ५० लाखको भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । सेयरबजारमा असर पर्नेगरी प्रत्यक्षरूपमा कुनै पनि नीतिगत सम्बोधन भएको छैन । तर ब्याजदर घट्ने केही व्यवस्थाका कारण बजार सकारात्मक बन्दै जाने अपेक्षा सेयर लगानीकर्ताले गरेका छन् ।
सेयर लगानीकर्ताले मौद्रिक नीति समीक्षाबाट सेयर धितोमा १२ करोडको क्याप हटाउने, एक सय ५० प्रतिशत जोखिम भारलाई घटाएर एक सय प्रतिशतमा ल्याउनुपर्नेलगायतका माग राख्दै आएका थिए । तर ती मागको सम्बोधन मौद्रिक नीतिको समीक्षाले गरेको छैन । तर अर्थतन्त्रमा पैसा जाने र सर्कुलेट हुने अवस्था बनेमा सेयरबजारमा पनि सकारात्मक असर पर्ने सेयर विश्लेषकहरूको तर्क छ ।
गत साता पाँच दिनको कारोबारमा एक दिन नेप्से बढेको थियो । पहिलो, दोस्रो, चौथो र पाँचौँ दिन ओरालो लागेको बजार परिसूचक तेस्रो दिन भने उकालो लागेको थियो । तर चार दिन घट्दा बजार करिब एक वर्षयताकै न्यून विन्दुतर्फ उन्मुख छ ।
सातामा सेयर लगानीकर्ताले ४५ अर्ब १७ करोड रुपैयाँ गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ रहेको बजार पुँजीकरण गत साताको अन्तिममा २६ खर्ब ८२ अर्ब २४ करोडमा झरेकोे छ ।
सातामा बढी सेयर कारोबार हुने कम्पनीहरूमा एनआईसी एसिया बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, नेपाल टेलिकमलगायत छन् । कारोबार भएको सेयर–संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनीलगायत छन् ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया