युनिक नेपाल लघुवित्तको नाफा ऋणात्मक
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक नाफा ऋणात्मक देखिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ९८ लाख ३० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा सात करोड २७ लाख १४ हजार रुपैयाँ थियो ।
११ करोड छ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजजी रहेको लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ४७ करोड ३१ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८७ करोड ७० लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ६४ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको प्रोभिजन रकम १८ करोड ६० लाख ३६ हजार रुपैयाँ छ । लघुवित्तको निष्क्रिय कर्जा १० दशमलव २९ प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले दुई अर्ब ३४ करोड ४८ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९५ करोड १५ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ६२ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको प्रोभिजन रकम सात करोड २७ लाख १४ हजार रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया