Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारमौद्रिक नीतिले छोएन सेयर बजारलाई

मौद्रिक नीतिले छोएन सेयर बजारलाई

झण्डै १७ अंकले बजार घट्दा ९० करोडको सेयर खरिद बिक्री


काठमाडौ । सेयर बजार परिसुचक ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्र्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्यो । उक्त समिक्षाले सेयर बजार बढ्ने अपेक्षा गरिएपनि सेयर बजार भने पुन घटेको छ ।

साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १६ दशमलव ९६ अंकले ओरालो लागेर १८ सय २१ दशमलव ६४ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५२ अंकले ओरालो लागेर तीन सय ४९ दशमलव ५८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २२ हजार सात सय २९ पटकको कारोबारमा २७ लाख ८८ हजार आठ सय १५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ९० करोड पाँच लाख ६३ हजार आठ सय ५६ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएकोमा लगानी समुहको सुचक सामान्य अंकले उकालो लागेर बाँकी समुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया