Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘इन्ड्या एन्ड फाबले’को पहिलो आउटलेट लबिम मलमा

‘इन्ड्या एन्ड फाबले’को पहिलो आउटलेट लबिम मलमा


काठमाडौं । भारतको लोकप्रिय हाइ स्ट्रिट ब्रान्ड ‘इन्ड्या एन्ड फाबले’ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ । वैशाख १७ गतेदेखि सञ्चालमा आएको फाबले एक एथनो फ्युजन ब्रान्ड हो । यो आउटलेटमा विभिन्न प्रकारका पश्चिमी लुगा र आधुनिक जातीय पहिरन पाइन्छ । लबिम मलमा खुलेको यो आउटलेट नेपालकै दोस्रो स्टोर हो ।

फाबलेको पहिलो स्टोर यसअघि पोखरामा सञ्चालनमा आइसकेको छ । बुधबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन हाइ स्ट्रिट एसेन्सियलका वरिष्ठ उपाध्यक्ष र रिटेल अपरेसन प्रमुख अतुल चच्राले गरेका थिए । चच्राले हाइ स्ट्रिट ब्रान्डलाई नेपालमा प्रस्तुत गर्न पाएकोमा आफू निकै उत्साहित भएको जनाए । यस्तै, आगामी दिनमा ब्रान्डको थप वृद्धि हुनेप्रति आफू विश्वस्त रहेको उनले बताए । उनले नेपालका लागि यस ब्रान्डको आधिकारिक बिक्रेता पोखरास्थित ग्लो इन्टरनेसनल एक्सपोर्ट इम्पोर्ट प्राइभेट लिमिटेड कम्पनी रहेको जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया