सेनाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने
काठमाडौं । नेपाली सेनाले आफ्ना महिला सैनिक तथा कर्मचारीहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । प्रधानसेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८ को लक्ष्य नं. ६ (कल्याणकारी सेवा र सहुलियतको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने) अनुरुप कल्याणकारी कार्य अन्तर्गत् यस्तो व्यवस्था गरिएको हो ।
सेनाको कल्याणकारी निर्देशनालयले निःशुल्क स्यानिटरी प्याड वितरणका लागि आफ्नो उत्पादन कारखाना समेत स्थापना गरेको छ । कारखानाबाट प्रतिव्यक्ति मासिक १६ वटा स्यानिटरी प्याड वितरण गर्नेगरी उत्पादन सुरु भइसकेको निर्देशनालयले जनाएको छ । स्यानिटरी प्याड उत्पादन कारखाना स्थापनाका लागि माछापुच्छ्रे बैंकले सैनिक कल्याणकारी निर्देशनालयलाई मेसिन उपलब्ध गराएको छ । यस्तै, नबिल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले पनि प्याड उत्पादनका लागि सहयोग गरेको नेपाली सेनाले जनाएको छ । मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उक्त बैंकका प्रतिनिधिहरूको उपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले प्रधानसेनापति प्रभुराम शर्मालाई स्यानिटरी प्याड उत्पादन मेसिन हस्तान्तरण गरेका थिए ।
नेपाली सेनाले सैनिक कल्याणकारी कोष खडा गरी बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सैनिक कल्याणकारी कोषको सञ्चालन र व्यवस्थापन सैनिक ऐन २०६३ अनुरुप हुँदै आएको छ । कोषअन्तर्गत् सञ्चालित महाविद्यालय तथा विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई पनि निःशुल्क र नियमित स्यानिटरी प्याड उपलब्ध गराइने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया