Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र उत्थान लघुवित्तको नाफा तीन करोड ७२ लाख

राष्ट्र उत्थान लघुवित्तको नाफा तीन करोड ७२ लाख


काठमाडौं  । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तीन करोड ७२ लाख ३८ हजार नौ सय २३ खुद मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा पाँच करोड ५५ लाख ४९ हजार तीन सय आठ रुपैयाँ कमाएको थियो ।

२५ करोड ९९ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले समीक्षा अवधिमा ८६ करोड ३७ लाख ४४ हजार पाँच सय ८१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४९ करोड ८९ लाख २५ हजार आठ सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ९५ लाख ४८ हजार सात सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा चार दशमलव ९६ प्रतिशत छ ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७७ करोड ९१ लाख २४ हजार छ सय ६० रुपैयाँँ निक्षेप संकलन गरी तीन अर्ब १९ करोड ७१ लाख ७१ हजार ४१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ४१ लाख १३ हजार छ रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा एक दशमलव १९ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया