यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ : मुख्यमन्त्री पाण्डे
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको बुधबार निरीक्षण गर्दै जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि यातायातका सेवा प्रविधिमैत्री बनाइने जानकारी दिएका हुन् ।
मुख्यमन्त्री पाण्डेले कुनै पनि बहानामा सेवा प्रभावित हुन नहुने बताउँदै छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको बताए । आफूले मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन गरिएको र उक्त कार्यदलले सुझाव सहितको प्रतिवेदन दिइसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
राससका अनुसार उनले सेवाग्राहीसँग कुरा गर्दै कार्यालयको सेवा प्रवाहको अवस्थाबारे चासो राखेका थिए । कार्यालयका निमित्त प्रमुख रामप्रसाद शर्माले स्थायी कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
कार्यालयले विमलनगरबाट सेवा प्रवाहका लागि एक घर पाँच वर्षका लागि भाडामा लिएको छ । कार्यालयले सवारी साधन दर्ता, चालक अनुमति (लाइसेन्स) वितरणको काम गर्दै आइरहेको छ । जिल्लाबाटै सवारीसाधन दर्ता र सवारी चालक अनुमतिपत्रको काम भएपछि पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया