टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुलमा कटौती
काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दरमा उल्लेख्य कटौती गर्ने भएको छ । मे १७ मा मनाइने ‘आईटीयू डे’को अवसरमा बुधबारदेखि लागू हुनेगरी नयाँ महसुल दर कायम हुने भएको हो ।
नेपाल टेलिकमको प्रि–पेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिलेभन्दा सस्तो दरमा रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् । नयाँ दरअनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट सात रुपैयाँ शुल्क लाग्ने छ । त्यसैगरी, नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट सात रुपैयाँ लाग्नेछ भने एसएमएस गर्दा प्रतिएसएमएस पनि सात रुपैयाँ नै लाग्नेछ ।
हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्ने व्यवस्था छ । त्यसैगरी, थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्ने गरेको छ । त्यसैगरी, आएको कल उठाउँदा प्रतिमिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस १० रुपैयाँ लाग्नेछ । हाल कुनै नम्बरमा कल गर्दा एक सय ३५ रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रतिएसएमएस ३४ रुपैयाँ लाग्छ ।
त्यसैगरी, डाटा चलाउँदा हाल प्रतिएमबी ४० रुपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यसअनुसार प्रतिएमबी करिब पाँच रुपैयाँ मात्र लाग्ने छ । अन्य देशमा जाँदा/रहँदासमेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया