काठमाडौं । सेयर लगानीकर्ताहरूले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सेयर कारोबारमा पुँजीगत लाभकरको दर घटाउन माग गरेका छन् । लगानीकर्ताले सेयरबजारबारे अहिलेको स्थिति अवगत गराउँदै आफ्ना मागहरू पूरा गर्न भनेका हुन् ।
लगानीकर्ताले सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्यापले बजार निरुत्साहित गरेको भन्दै फिर्ता लिइदिन माग गरेका छन् । यस्तै सेयर कर्जामा लगाइएकोे एक सय ५० प्रतिशत जोखिम भारित औसतलाई एक सय प्रतिशतमा कायम गरिदिन पनि आग्रह गरेका छन् ।
उनीहरूले सेयरबजारमा अल्पकालीन लगानीकर्तालाई पाँच प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई तीन प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न समेत माग गरेका छन् । नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रियामा ढिलाइ नगर्न पनि सेयर लगानीकर्ताले माग गरेका छन् ।
यसबाहेक विद्यमान ब्याजदर उच्च हुनगई लगानी निरुत्साहित भएकाले ब्याजदरमा पुनरावलोकन गरी एकल अंक कायम गर्न, तरलता समस्याले देशको अर्थतन्त्र नकाकरात्मक भएको हुँदा तत्काल समस्या समाधान गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया