एनएमबी लघुवित्तको नाफा एक करोड १५ लाख
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड १५ लाख तीन हजार पाँच रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ११ करोड २७ लाख ८९ हजार सात सय ५० रुपैयाँ रहेको थियो ।
६५ करोड ५८ लाख ६२ हजार आठ सय ६२ रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ६७ करोड ७७ लाख ११ हजार तीन सय ५२ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ३८ लाख ३९ हजार एक सय ५१ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ९६ लाख १३ हजार ८३ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा ९७ प्रतिशत थियो ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले दुई अर्ब छ लाख ७६ हजार सात सय ८६ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९४ करोड ८७ लाख ३० हजार आठ सय २८ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३५ करोड एक लाख २८ हजार पाँच सय ९१ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया