सनराइज बैंकद्वारा तीन थान प्रोजेक्टर हस्तान्तरण
काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमा तीन थान प्रोजेक्टर हस्तान्तरण गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं ५ को हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि प्रोजेक्टर हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले विद्यालयका प्रधानाध्यापक प्रेमनिधि ओझालाई सामाग्री हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा प्रधानाध्यापक ओझाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका यी सामग्रीले सहयोग गर्ने भन्दै बैंकलाई धन्यवाद ज्ञापन गरे ।
३० थान डस्टबिन सहयोग
यसैबीच, बैंकले धनगढी उपमहानगरपालिकालाई ३० थान डस्टबिन सहयोग गरेको छ । नायव महाप्रबन्धक नेपालले उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका हुन् । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त डस्टबिन सहयोग गरेको नेपालले जानकारी दिए । यी डस्टबिन अब चोक र सडक किनारामा राख्ने तयारी गरिएको छ ।
डस्टबिन हस्तान्तरण कार्यक्रममा मेयर गोपाल हमालले बैंकको यो सहयोगले स्मार्ट धनगढी बनाउने परियोजनामा टेवा पु-याउने भन्दै बैंकलाई धन्यवाद ज्ञापन गरे । बैंकले धनगढी त्रि–नगर विद्यालयमा विद्यार्थीहरूलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी एक सय वटा क्षमताको साइकल स्ट्यान्ड समेत बनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया