Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवाबेको नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक

हुवाबेको नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक


काठमाडौं । मोबाइल कम्पनी हुवाबेले नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ । उपत्यकामा एक कार्यक्रम आयोजना गरी कम्पनीले आफ्ना साझेदारहरूबीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको हो । हुवाबेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माले कार्यक्रममा गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्क सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेपालका लागि हुवाबेका क्लाउड पार्टनरहरू प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वल्र्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो । गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई लगानीको दायरा फराकिलो पारेको छ । हुवाबेको ग्रो क्लाउड योजनामा स्ट्यान्डर्ड, एड्भान्स्ड, प्रिमियम र स्ट्र्याटिजिक गरी चारवटा प्याकेजहरू रहेका छन् । नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फन्ड, हुवाबे क्लाउड प्रयोग गरेबापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री बिस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रमसहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ ।

यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र विकास गर्ने रहेको कम्पनीले जनाएको छ । यस्तै, हुवाबेको क्लाउडमा आधारित प्रयोगहरूको विकास गर्ने, सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डाटाहरूलाई हुवाबे क्लाउडमा स्थानान्तरण गर्ने र यससँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया