Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाउँपालिकाका सव–इन्जिनियर मृत फेला

गाउँपालिकाका सव–इन्जिनियर मृत फेला


सोलुखुम्बु,चैत २६

सोलुखुम्बुको पिके क्षेत्र भ्रमणमा गएका खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत सव–इन्जिनियर मृत अवस्थामा भेटिएका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसी स्थायी घर भएका करिब २७ वर्षका पूर्णबहादुर खड्का दुई दिनदेखि बेपत्ता थिए । दुई दिनदेखि बेपत्ता खड्का सोमबार विहान मृत भेटिएका हुन् ।

आइतबार बिहानदेखि खोजतलासमा लागेका आफन्तहरूले उनलाई सोमबार सोलुदुधकुण्ड नगरपालिका ३ को पिके खोपमा मृत अवस्थामा भेटाएको उनका दाइ छत्र खड्काले जानकारी दिए । खड्काका अनुसार सल्लेरीबाट पिके डाँडातिर जाने मूल बाटोदेखि करिब तीन सय मिटर तल उनी मृत अवस्थामा भेटिएका हुन् ।

घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको प्रत्यक्षदर्शीसमेत रहेका मृतकका दाई छत्र खड्काको भनाइ छ । घरबिदामा आएका ती कर्मचारी शनिबार दिउँसो १०–११ जना साथीसँगै सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ३ मा पर्ने पर्यटकीय क्षेत्र पिके घुम्न गएको बताइएको छ । खड्काको लड्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।शंका गरिएजस्तो कुनै अवस्था नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा प्रहरी नायब परीक्षक टेकु नन्द इवा लिम्बुले जानकारी दिए ।

प्रसुति व्यथा लागेकी महिलाको उद्धार

सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट प्रसुति व्यथाले छटपटाएकी महिलाको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ की ३० वर्षीया पुष्पकला राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लकडाउनका समयमा मुलुक ठप्प रहेको समयमा सोताङ गाउँपालिका र जिल्ला प्रशासन कार्यलयको पहलमा उनलाई उद्धार गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौँ पु¥याए लगतै थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा राईको उपचार भइरहेको सोताङ गाउँपालिका अध्यक्ष बिरबहादुर राईले जानकारी दिए । सुत्केरी व्यथा लागेपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो ।

तर त्यहाँ प्रसुति हुन सम्भव नभएपछि उनलाई काठमाडाँै पठाउने व्यवस्था गरिएको हो । पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुवैको जीवनरक्षाका लागि काठमाडौँ पठाइएको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर आशिष आलोकले बताए । गाउँघरमा नै उपचार सम्भवन नहुँदा स्थानीय महिलालाई काठमाडाँै पठाउनु पर्ने बाध्यता रहेको छ ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’अन्तर्गत मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाइ उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । यसैबीच मन्त्री गुरुङले उपचाररत महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिएका छन् ।

लकडाउनको समयमा मात्रभन्दा पनि अरु समयमा पनि सोलुखुम्बुका दुर्गम बस्तीका महिलालाई हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा समेत जटिल किसिमको उपचार नहुने भएकाले यस्तो समस्या आइरहन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x