काठमाण्डौं,चैत २६
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनका लागि थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरू तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हो । ट्राफिक प्रहरीले मंगलबार मात्रै काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने पाँच सय १० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा पाँच सय ४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा एक सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ । कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।
‘लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर तपाईंहाम्रो सम्पूर्णको सुरक्षाको लागि हो’, ढकालले भने । यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे । काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने पाँच हजार एक सय ९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।
पाससम्बन्धी नयाँ व्यवस्था
जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर मान्य प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ट्राफिक महाशाखालाई उक्त पास लकडाउन अवधिभर मान्य हुनेगरी पत्राचार गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने मंगलबारबाट खारेज भएको छ ।पास भएकालाई पनि विशेष निगरानीट्राफिक प्रहरीले पास भएकालाई पनि विशेष निगरानी राख्ने जनाएको छ । पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेविरुद्ध महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया