Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवायुसेवा निगमको पुनःसंरचना गरिने

वायुसेवा निगमको पुनःसंरचना गरिने


सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको पुनःसंरचना गर्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा वायु सेवा निगमको पुनःसंरचना गरिने उल्लेख छ ।
आर्थिकरुपमा निकै कमजोर बनेको वायुसेवा निगमलाई व्यावसायिकरुपमा सबल बनाउदैँ बजार हिस्सा बढाउन सरकारले आवश्यक तयारी गरिहेको छ । आन्तरिक उडानलाई प्रभावकारी बनाउन थप जहाज खरिद गरेर गन्तव्य विस्तार गर्ने निगमको योजना छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् । आन्तरिकमा हाल दुई थान ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।
राष्ट्रपति पौडेलले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए । उनले हवाइसम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्नुका साथै निर्माण भएका अन्र्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानास्थल पूर्णक्षमतामा सञ्चालन गर्ने नीति सरकारको रहेको उल्लेख गरे ।रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया