आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठले शुक्रबार अपराह्न ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएकी श्रेष्ठको आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
श्रेष्ठ चन्द्रागिरि–९ मा श्रीमान्सँगै डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया