अभियान लघुवित्तको तेस्रो त्रैमासिक नाफा ऋणात्मक
काठमाडौं, अभियान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड २१ लाख ८० हजार रुपैंयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आ.व.को सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड दुई लाख सात हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २६ करोड ३३ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९१ करोड ३४ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड २८ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ करोड २१ लाख २० हजार रुपैंयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६१ प्रतिशत रहेको छ ।
गत आ.व.को सोही अवधिमा भने संस्थाले १६ करोड ८९ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ८० लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड दुई लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७८ लाख ३४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया