Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थ समितिद्वारा धितोपत्र बोर्डको काममा छानबिन सुरु

अर्थ समितिद्वारा धितोपत्र बोर्डको काममा छानबिन सुरु


काठमाडौं । आर्थिक दैनिकमा गत ७ गते शिवप्रसाद उप्रेतीीको नाममा प्रकाशित लेखलाई सोही दिन बसेको संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिको बैठकले कारबाहीको विषय बनाएको छ । त्यसको भोलिपल्टै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रमेश हमालसँग पाँच दिनभित्र त्यससम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।

जेठ ७ गते उप्रेतीको नामबाट आर्थिक दैनिकमा ‘यस्तो छ, नयाँ ब्रोकर लाइसेन्समा बाझिएको नालीबेली’ भन्ने शीर्षकमा लेख प्रकाशित भएको थियो । उक्त लेख उप्रेतीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको उजुरीको आधारमा तयार पारेका थिए ।

उक्त लेख प्रकाशित भएपछि केशव भण्डारीले आर्थिक दैनिकका प्रल्हाद रिजाललाई फोन गरेर तथानाम गाली पनि गरेका छन् र उनले धम्की समेत दिएका छन् । त्यसैगरी सेयर लगानीकर्ता विष्णुप्रसाद वस्यालले पनि लेखका बारेमा चासो राखेका छन् । त्यस्तै चासो अरु केही व्याक्तिले पनि राखेका थिए । तर, त्यसलाई अर्थ समितिले समेत चासो दिएर धितोपत्रसँग स्पष्टीकरण मागेर कारबाही अघि बढाएपछि स्वार्थ बाझिएको नालीबेलीभित्र परेका व्याक्तिहरू स्याम्म परेका छन् । समितिले ७ गते निर्णय गरेर ८ गते बोर्डलाई बुझाएको पत्रमा भनिएको छ ‘त्यस बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लागि अनुमति प्रदान गर्न भए÷गरेका कामकारबाही सम्बन्धमा विभिन्न सञ्चार माध्यम र सरोकारवाला पक्षबाट अनेक कोणबाट प्रश्न उठेको यस सम्बन्धमा संघीय संसद्मा सदस्यहरूले अनुचित तवरले प्रक्रिया अगाडि बढाएको भनी विषय उठान गर्नुभएको र यस समितिको जेठ २ गते बसेको बैठकमा समेत सदस्यहरूबाट यस विषयमा गम्भीररूपमा अध्ययन गर्नुपर्ने माग भएको साथै पुँजीबजारका विभिन्न पक्ष समेटेर समितिको प्रतिवेदन मिति २०७७।०३।३० को पत्रबाट त्यस बोर्डलाई कार्यान्वयनका लागि पठाइएको पृष्ठभूमिमा यस सम्बन्धमा हालसम्म भएका कामकारबाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग माग गर्ने निर्देशन भएकोले पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र सम्पूर्ण विवरण समितिमा आइपुग्ने गरी उपल्ब्ध गराई समितिको कार्य कारबाहीमा सहयोग पु¥याउनुहुन अनुरोध गरिएको छ ।’ समितिकी सचिव रेखा उपाध्याय खनालले हस्ताक्षर गरेर पठाएको उक्त पत्र बोर्डले ८ गते नै बुझेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया