Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकका ग्राहकलाई ले रायरा रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई ले रायरा रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट


काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले नेपालगञ्जस्थित ले रायरा रेस्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फनपार्कमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र उक्त रेस्टुरेन्टबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा ले राएरा रेस्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फनपार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्सु यादवले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एन्ड फनपार्कमा पार्क टिकट खरिदमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया