Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररोभिडेन्ट मर्चेन्ट बैंकिङको साधारण सभा

रोभिडेन्ट मर्चेन्ट बैंकिङको साधारण सभा

चुक्ता पुँजी आठ करोड रुपैयाँ पुग्यो


काठमाडौं । लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार नवौं साधारण सभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्तिलगायतका साधारण प्रस्तावहरू पारित गरेको छ । यसै गरी कम्पनीको मर्जर एक्विजिसन गर्न बोर्डलाई अनुमति दिने, पुँजी वृद्धि गर्ने, नियामक निकाय धितोपत्र बोर्डबाट कर्पोरेट एडभाइजरी, प्राइभेट इक्वीटी, अन्डर राइटर, इस्यु मेनेजरको कारोबार गर्न अनुमतिका लागि आवेदन गर्नेलगायतका विशेष प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीका सचिव लीलानाथ घिमिरेले सेयरधनी स्वयं र प्रतिनिधिमार्फत सभामा ८० प्रतिशत सेयरधनीको उपस्थिति रहेकाले सभाको गणपूरक संख्या पुगेको जानकारी दिएका थिए । उनले विश्वव्यापीरूपमा आर्थिक मन्दीको असर परेका बेलासमेत प्रोभिडेन्टको सक्षम व्यवस्थापनले कम्पनीलाई राम्रोसँग सञ्चालन गर्न सकेको बताए । सभामा कम्पनीका कार्यकारी अध्यक्ष डा बिमलकुमार तिवारीले गत आर्थिक वर्षमा धितोपत्र बजारमा आएको गिरावटको प्रभाव कम्पनीको बासलातमा पर्न गएको बताउँदै संकुचनको मार्गमा चलेको धितोपत्र बजारमा लगानी ब्यवस्थापन सेवामा न्यून मात्रै सुधारको कारण कम्पनी सन्तोषजनक अवस्थामा आएको जानकारी दिए । कम्पनीको चुक्ता पुँजी आठ करोड रुपैयाँ पुगेको छ । साधारण सभामा कम्पनीका सञ्चालक बलराम घिमिरे (पंकज)लगायत सेयरधनीहरूको सहभागिता थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया