अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
पुँजीगत लाभकरको बिषयमा अर्थमन्त्रालयको प्रष्टिकरण संगै सेयर बजारमा हरियाली
काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नै सेयर बजार परिसुचक उकालो लागेको छ । पुँजीगत लाभकरको बिषयमा लगानीकर्ताहरुले गरेको आन्दोलनका कारण आज कारोबार खुलेको पहिलो केही समय सेयर बजार अवरुद्ध भएको थियो । लगानीकर्ताहरुको समुहले ब्रोकर कम्पनीहरुको टिएमएस बन्द गरिदिएका थिए ।
सरकारका अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने बिधेयक, २०८० जारी भएपनि उक्त बिधेयकका केही दफाहरुलाई लिएर लगानीकर्ताहरु आन्दोलतमा उत्रिएका थिए । त्यही लगानीकर्ताहरुको समुहले आईतबार बिभिन्न ब्रोकर कम्पनीहरुको कार्यालयमा गई टिएमएस बन्द गरिदिएपछि केही समय सेयर कारोबार अवरुद्ध भएको थियो । त्यसको लगत्तै अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाले अहिले तिर्दे आएको पाँच र सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर नैं अन्तिम हुने प्रष्टीकरण दिएको थियो ।
उक्त प्रष्टीकरण संगै लगानीकर्ताहरु उत्साहित भएका थिए । जसले गर्दा साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ५३ दशमलव शुन्य तीन अंकले उकालो लागेर १९ सय १९ दशमलव ३७ बिन्दुमा पुग्न सफल भयो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ४९ अंंकले उकालो लागेर तीन सय ६५ दशमलव १० बिन्दुमा कायम रहन सफल भयो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७० वटा कम्पनीहरुको ३१ हजार दुई सय ५२ पटक सेयर किनबेच भएको छ । जसबाट ४५ लाख ५७ हजार एक सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कुल कारोबार रकम एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ रुपैंयाँ कायम भएको छ ।
आज सबै किसिमका गरी १३ वटा उपसमुमहरुको सेयर कारोबार भएकाछन् । जसअन्तर्गत बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा सहितका सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया