Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेतीओपी क्लबद्वारा ज्यालादारी गर्ने दुुई सयभन्दा बढीलाई भोजनको व्यवस्था

सेतीओपी क्लबद्वारा ज्यालादारी गर्ने दुुई सयभन्दा बढीलाई भोजनको व्यवस्था


सेतीओपी क्लबद्वारा ज्यालादारी गर्ने दुुई सयभन्दा बढीलाई भोजनको व्यवस्था
काठमाण्डौं,वैशाख २

काठमाडौँको कोटेश्वरमा रहेको सेतीओपी युवा क्लवले दैनिक ज्यालादारी तथा भाडामा बस्ने सर्वसाधारणहरूलाई निशुल्क भोजन गराएको छ । क्लबका अध्यक्ष रवि रिमालका अनुसार विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले सिंगो मुुलुक नै लकडाउन भएको छ ।

‘सरकारले गतचैत ११ गतेदेखि देशलाई लकडाउन गरेको अवस्थामा दैनिक ज्यालादारी गर्ने, मजदुरी गर्ने, भाडामा बस्नेहरूको दैनिक जीवन निकै नै कष्टकर भएको छ । यो अवस्थामा हामीले दुःखमा परेका व्यक्तिहरूलाई सहयोग गर्न निःशुल्क भोजनको व्यवस्था गरेका हौँ’, अध्यक्ष रिमालले भने । अध्यक्ष रिमालका अनुसार गतचैत २७ गतेबाट निःशुल्क भोजनको व्यवस्था गरेकोमा पहिलो दिन ६२ जनाले भोजन गरेका थिए भने दोस्रो दिन एक सय आठ जनाले भोजन गरेका थिए ।

यसैगरी तेस्रो दिन एक सय ४८ जनाले भोजन गरेका थिए । त्यसपछिका दिनहरूमा भने दैनिक दुुई सय जनाको हाराहारीमा भोजन गराइरहेको अध्यक्ष रिमालले बताए । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन नेपालमा पनि मुलुकभर लकडाउन गरिएको छ । लकडाउन लम्बिँदै गएपछि ज्यालादारी गरेर खाने न्यून आय भएका मानिसहरू समस्यामा परेकाछन् । दैनिक आयआर्जन नभएपछि उनीहरूलाई रासनपानी जुटाउनसमेत हम्मे पर्दै गएको छ । अर्कोतर्फ राज्यले वितरण गरेको राहत लिन अनिवार्य नागरिकता चाहिने व्यवस्था गरिएको छ । लकडाउनका कारण मानिसहरू बेरोजगार बनेका छन् भने आफ्नो घर फर्कनसमेत पाइराखेका छैनन्, यो अवस्थामा मानवीय भावनाले निःशुल्क भोजनको अभियान चलाएको क्लबका अध्यक्ष रिमालले बताए ।

यो अभिमान सरकारले जहिलेसम्म लकडाउनको व्यवस्था गर्छ, त्यहीलेसम्म चल्ने उनको भनाइ छ । दैनिकरूपमा भोजनको व्यवस्था गर्न प्रतिदिन १० हजार रूपैयाँभन्दा बढी खर्च लाग्छ, यो खर्चको व्यवस्थापन क्लव नै गर्दै आएको छ । तर, पछिल्ला दिनहरूमा भने हामीले निःशुल्क भोजनको अभियाना चलाएको थाहा पाएर होला दाताहरूले कसैले दाल, कसैले चामल, कसैले आलुु सहयोग गर्दै आउनुभएको छ, उनले भने । क्लबका सबै सदस्यहरूले मिलेर पकाउने खुुवाउनेलगायतका काम गरेको पनि उनले बताएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं ३२, कोटेश्वरमा रहेको सेतीओपी क्लबले आफ्नै भवनमा सञ्चालन गरेको निःशुल्क भोजनमा हरेक दिन बिहान १० देखि १२ बजेसम्म सर्वसाधारणहरू खाना खान आउने गरेकाछन् । स्थानीय तहको कुनै स्रोत, सहयोग नपाए पनि कार्यक्रमको बारेमा वडा कार्यालय र प्रहरी प्रशासनसँग समन्वय गरिएको अध्यक्ष रिमाललले बताए ।

क्लबमा आबद्ध स्वयंसेवकहरूले नै क्लबको कार्यालयमा नै खाना पकाउने, खुवाउने र सरसफाइको काम गरिरहेका छन् । फोहर व्यवस्थापनका लागि हरेक दिन कोटेश्वरस्थित वेष्ट कन्सर्न प्रालिले सघाउँदै आएको छ । सामूहिक भोजनका लागि कोटेश्वर, जडिबुटी र आसपासका क्षेत्रबाट सर्वसाधारणहरू आउने गरेको समेत अध्यक्ष रिमालले बताएकाछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x