महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ को उपाधि प्राइम बैंकलाई
काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् ।
यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास र माछापुच्छ्रे बैंकबीच सेमिफाइनल खेल भएको थियो । पहिलो सेमिफाइनलमा प्राइम बैंकले एनआइसी एसिया बैंकलाई ३१ रनले हराएको थियो । सो खेलमा प्राइम बैंकका प्रवेश श्रेष्ठ म्यान अफ म्याच चुनिएका थिए । महालक्ष्मी विकास बैंक र माछापुच्छ्रे बैंकबीच सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माछापुच्छ्रेले ५ विकेटको जित निकालेको थिए । सो खेलमा माछापुच्छ्रेका निशेष केसी म्यान अफ द म्याच घोषित भएका थिए । फाइनल खेलमा माछापुच्छ्रे बैंकले टस जितेर ब्यटिङको निम्तो दिएको प्राइम बैंकले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । प्राइमका कितार्थ शाक्यले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ माछापुच्छ्रेका विश्वास ढकालले १४ रन खर्चिंदै २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको माछापुच्छ्रे बैंकले जम्मा ४७ रन बनायो । माछापुच्छ्रेका लागि रोशन पाठकले ११ रन बनाएका थिए । बलिङतर्फ प्राइमका सुनिल खड्का र कमलेन्द्र श्रेष्ठले समान २/२ विकेट लिए ।
यो प्रतियोगितामा कामना सेवा विकास बैंकका समिर थापा उत्कृष्ट ब्याट्सम्यान र कामना सेवा विकास बैंककै छेतेनदोर्जे शेर्पा उत्कृष्ट बलर घोषित थिए । त्यसैगरी, उत्कृष्ट फिल्डरको उपाधि एनआइसी एसिया बैंकका सञ्जय गिरीले हात पारे । उत्कृष्ट विकेट किपरको उपाधि एनआइसी एसिया बैंककै रितेश अधिकारीले पाए । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगकै सर्वोकृष्ट खेलाडीमा प्राइम बैंकका क्रितार्थ शाक्य चुनिए । १६ टिम सहभागी प्रतियोगितामा सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, माछापुुच्छ्र्रे, प्राइम कमर्सियल, लुम्बिनी विकास, कामना सेवा र महालक्ष्मी विकास बैंक क्वार्टरफाइनल राउन्डमा पुगेका थए । क्वार्टरफाइनल सनराइज र एनआइएसी एसिया, राष्ट्रिय वाणिज्य र माछापुच्छ्रे, प्राइम र लुम्बिनी विकास तथा कामना सेवा र महालक्ष्मी विकास बैंकबीच भएको थियो ।
प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता थियो ।
प्रतियोगिताको विजेता र उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया