इ–सेवा, यूएसआईडी र शिखर इन्स्योरेन्सको सहकार्य
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवाले यूएसआईडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घरबिमा सुविधा ल्याएको छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुनेछ । साथै, अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्ने छन् ।
यस योजना इ–सेवाको मोबाइल एपभित्र रहेको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घरबिमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बिमा नीतिअनुसार एक करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक पाँच सयदेखि ४५ सय रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ । बीमा मूल्य घरको विश्वसनियता र मूल्य निर्धारणबाट तय हुनेछ । यस योजनामा सहभागी हुन घरधनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इ–सेवा एपमार्फत अपलोड गर्नुपर्नेछ ।
इसेवाले यसअघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाइमा लागु हुने गरी इ–सेवा केयर सञ्चालनमा ल्याइसकेको छ । हाल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् । यसै गरी देशभर रहेका दुई लाख बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा धेरै जनसंख्याले सेवा लिइरहेका छन् । इ–सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया