Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा कम्पनीहरूले उठाए साढे ३२ अर्ब बीमाशुल्क

बीमा कम्पनीहरूले उठाए साढे ३२ अर्ब बीमाशुल्क


ललितपुर । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ३२ अर्ब ६८ करोड ९६ लाख ११ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कम्पनीहरूले वैशाख मसान्तसम्म कुल २३ लाख ५० हजार छ सय ५२ वटा बीमालेख जारी गरी उक्त परिमाणमा बीमाशुल्क आर्जन गरेका हुन् ।

चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै १७ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल एक लाख ८४ हजार तीन सय १४ बीमालेख जारी गरी दुई अर्ब ६७ करोड ४७ लाख ७० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल एक लाख ५१ हजार एक सय ३५ वटा बीमालेख जारी गरी एक अर्ब २७ करोड १७ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । चालू आर्थिक वर्षको वैशाख महिनामा मात्र भने उक्त कम्पनीले १२ हजार आठ सय वटा बीमालेख जारी गरी १२ करोड सात लाख ४७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ३३ हाजार छ सय ४५ वटा बीमालेख जारी गरी एक अर्ब १६ करोड आठ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । वैशाख महिनामा मात्र उक्त कम्पनीले दुई हजार सात सय ८१ वटा बीमालेख जारी गरी आठ करोड ६९ लाख १६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पनि यही वैशाख मसान्तसम्ममा ४६ हजार नौ सय ९३ वटा बीमालेख जारी गरी दुई अर्ब दुई करोड ५१ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । वैशाख महिनामा भने यो कम्पनीले दुई हजार पाँच सय ७९ वटा बीमालेख जारी गरी दुई करोड ९९ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार नेसनल इन्स्योरेन्स कम्पनीले भने चालू आर्थिक वर्षको पछिल्लो अवधिसम्ममा २७ हजार पाँच सय ८९ वटा बीमालेख जारी गरी ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यही वैशाख महिनामा नेसनल इन्स्योरेन्सले ३६ सय ४० वटा बीमालेख जारी गरी छ करोड नौ लाख ४० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको भनाइ छ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पनि ९५ हजार छ सय ३२ वटा बीमालेख जारी गरी एक अर्ब १५ करोड ५४ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । वैशाख महिनामा सो कम्पनीले सात हजार सात सय १६ वटा बीमालेख जारी गरी २० करोड २२ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी नेको इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको पछिल्लो अवधिसम्ममा दुई लाख ३२ हजार सात सय ९६ वटा बीमालेख जारी गरी दुई अर्ब ४५ करोड ९३ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । चालू आर्थिक वर्षको वैशाख महिनामा नेकोले १८ हजार तीन सय ५७ वटा बीमालेख जारी गरी ११ करोड ६१ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरन्सले पनि चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा एक लाख एक हजार आठ सय ५५ वटा बीमालेख जारी गरी एक अर्ब २७ करोड १० लाख ५८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । वैशाख महिनामा भने उक्त कम्पनीले छ हजार आठ सय ४२ वटा बीमालेख जारी गरी ११ करोड ६१ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईएमई जनरल इन्स्योरेन्सले ९६ हजार पाँच सय ३१ वटा बीमालेख जारी गरी एक अर्ब ५१ करोड ४६ लाख एक हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । वैशाख महिनामा आईएमईले छ हजार तीन सय ३२ वटा बीमालेख जारी गरी नौ करोड २३ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले एक लाख १२ हजार तीन सय २७ वटा बीमालेख जारी गरी एक अर्ब १५ करोड ८९ लाख ६८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । वैशाख महिनामा कम्पनीले आठ हजार तीन सय ४९ वटा बीमालेख जारी गरी ११ करोड ३८ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

शिखर इन्स्योेरेन्सले पनि चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा दुई लाख २४ हजार दुई सय ३८ वटा बीमालेख जारी गरी चार अर्ब ४२ करोड ६९ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । एनएलजी, अजोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले वैशाख मसान्तसम्म क्रमशः एक अर्ब ९८ करोड ८० लाख ६६ हजार, एक अर्ब ७१ करोड २६ लाख ३९ हजार र दुई अर्ब ४९ करोड चार लाख ३६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा यी बीमा कम्पनीहरूले बिक्री गरेको कुल बीमालेखको संख्या भने क्रमशः एक लाख ६८ हजार सात सय सात, एक लाख १३ हजार छ सय ३४ र दुई लाख १९ हजार चार सय ८९ रुपैयाँ रहेको छ । सानिमा जीआईसी, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भने क्रमशः एक अर्ब ८२ करोड पाँच लाख आठ हजार, तीन अर्ब ६४ करोड ९६ लाख सात जार, तीन अर्ब ७३ करोड सात लाख ७८ हजार र दुई करोड ९१ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा यी कम्पनीहरूले क्रमशः एक लाख ४८ हजार आठ सय ८१, दुई लाख ९० हजार पाँच सय ९०, दुई लाख ८४ हजार सात सय ३० र एक हजार आठ सय ५० वटा बीमालेख जारी गरेको प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया