काठमाडौ । गतसाता सेयरबजार करिब चार प्रतिशतले बढ्यो । सरकारले बजेटमार्फत सेयर कारोबारमा कर बढाएको हल्लाले दबाबमा रहेको बजार अर्थमन्त्री र लगानीकर्ताबीच सहमति भएसँगै हरियो बनेर बन्द भएको हो । आइतबार बिहानैदेखि विरोधमा उत्रिएका सेयर लगानीकर्ता र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच सेयर कारोबारमा लाग्ने कर पुरानै यथावत् राख्ने सहमति भएको थियो । यसपछि सातामा पाँच दिन भएको कारोबारमा एक दिन मात्रै बजार घट्यो । साताभर बजार कुल तीन दशमलव ९३ प्रतिशतले बढेर एक हजार तीन सय ३९ विन्दुमा कायम भएको छ ।
अतिरिक्त कर नलगाउने सरकारको घोषणापछि साताभर बजारमा सकारात्मक माहोल बनेको थियो । परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेर दैनिक औसत कारोबार दुई अर्ब रुपैयाँमाथि कायम भयो । साताभर कुल १० अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । यसअघि नेप्से एक हजार आठ सयको लाइनमा झर्दा दैनिक कारोबार आधा अर्ब हाराहारी झरेको थियो ।
बजारमा हरियाली बढेपछि लगानीकर्तामा आशा बढेको छ । तर, राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तयारी थालेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन् । यही कारण गतसाता बजार हरियो भए पनि अन्तिम दुई कारोबार दिन एकल अंकले बढेको थियो । तर, शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा कारोबारीहरुसँग खुकुलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन् । यसको असर यस सताको सेयरबजारमा देखिन सक्ने कतिपयको विश्लेषण छ ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिमा लचकता अपनाइने बताएका हुन् । यस्तै शुक्रबार नै राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य क्षेत्र ठीकठाक भएको तथ्यांक सार्वजनिक गरेकोले अब मौद्रिक नीतिले आन्तरिक अर्थतन्त्र सुधार्न जोड दिने विश्वास धेरैको छ । महँगो ब्याजदर भएका कारण बढ्न नसकेको सेयरबजार असारमा बैंकहरुले ब्याजदर घटाइदिए भने बजारले फेरि सकारात्मक गति लिन सक्छ ।
गतसाता सबै उपसमूहहरु बढेका छन् । लगानीकर्ता व्यापार, निर्जीवन बीमा र होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी झुम्मिएका थिए । व्यापार समूह सबैभन्दा बढी १४ दशमलव ७२ प्रतिशतले बढेको छ । त्यसपछि, निर्जीवन बीमा समूह १४ दशमलव १९ प्रतिशत र होटल तथा पर्यटन समूह १० दशमलव ९८ प्रतिशतले बढेका छन् ।
बजार बढ्दाको सबैभन्दा धेरै फाइदा शुभम पावरका सेयरधनीलाई भएको छ । शुभम पावरका सेयरधनीले २१ दशमलव ८२ प्रतिशतले कमाएका छन् । त्यसपछि मकर जितुमाया हाइड्रोपावरका सेयरधनीले २० दशमलव ३७ प्रतिशत, प्रभु इन्सुरेन्सका सेयरधनीले १९ दशमलव ६५ प्रतिशतले कमाएका छन् ।
बजार बढे पनि जोशी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै पाँच दशमलव ७९ प्रतिशतले गुमाएका छन् । त्यसपछि, आदर्श लघुवित्तका सेयरधनीले तीन दशमलमव ६५ प्रतिशत र सपोर्ट लघुवित्तका सेयरधनीले तीन दशमलव ६४ प्रतिशतले गुमाएका छन् ।
शिवम् सिमेन्टको सबैभन्दा धेरै ५३ ककरोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार सोल्टी होटलको ३२ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एक सातामा लगानीकर्ताको सम्पत्ति एक खर्ब १० अर्बले बढेको छ । एक सातामा बजार पुँजीकरण २७ खर्ब २४ अर्बबाट बढेर २८ खर्ब ३४ अर्ब रुपैयाँ कायम भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया