Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको केन्द्रीय कार्यसमिति गठन

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको केन्द्रीय कार्यसमिति गठन


काठमाडौ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको केन्द्रीय कार्यसमिति गठन भएको छ । शुक्रबार राजधानीमा आयोजित पाँचौँ साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट अच्युत खनालको अध्यक्षतामा संघले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सीमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ र महासचिवमा सत्य थापा छन् । त्यस्तै, संघको सचिवमा दिनेश बजगाईं, सहसचिवमा डिक्रकुमार घिमिरे तथा कोषाध्यक्षमा रत्नकुमारी राई छन् । उक्त साधारणसभाले राजकुमार घिमिरे, सिजम सिजाली, सन्दीप नेपाली, दीपेश आचार्य र माइकल बस्नेतलाई सदस्यमा चयन गरेको छ । त्यस्तै, नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मीनकुमार शर्माले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथग्रहण गराएको सचिव दिनेश बजगाईँले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया