Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाको वित्तीय साक्षरता

कामना सेवाको वित्तीय साक्षरता


काठमाडौं । कामना सेवा विकास बैंकको भोटाहिटी शाखाद्वारा कलश इभेन्ट्ससँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकका अनुसार बिहीबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

बैंकले लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा ३५ भन्दा बढी सहभागी बालबालिकाहरू र उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो ।

बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया