एनआईसी एसिया क्यापिटल र सजिलो पेबीच सम्झौता
काठमाडौं । एनआइसी एसिया क्यापिटलले ‘आईडिया टु आईपिओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सोही सेवा अन्तर्गत बालुवाटार ४, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेस प्रा.लि.लाई संस्थागत परामर्श सेवा, प्राईभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आईपीओ जारी गर्ने चरणमा पु-याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिनेसम्मको सेवा प्रदान गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेस प्रा.लि.बीच मिति २०८० साल जेष्ठ २५ गते दुई पक्षीय सम्झौता भएको छ ।
सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक (पिएसपी) कम्पनी हो । जसबाट छिटो र सुरक्षित रुपमा अनलाइनमार्फत् बिल भुक्तानी गर्न सकिन्छ । हाल सजिलो पे मोबाइल एप प्रयोगकर्ताहरुले सहज र सुरक्षित रुपमा मोबाइल रिचार्ज, टपअप, दैनिक उपयोगिताका बिल भुक्तानी, आन्तरिक तथा बाह्य टिकट बुकिङ्ग, बीमा र ईएमआई भुक्तानी, नवीकरण, विद्युतको महसुल भुक्तानीलगायतका अन्य कारोबारको भुक्तानी गर्नुपर्ने रकम अनलाईनमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । साथै भुक्तानी गर्दा क्यासब्याक समेत उपलब्ध गराउँदै आइरहेको छ । सजिलो पेले आगामी ३ वर्षभित्र प्रयोगकर्ताको संख्या १० लाख पु¥याउने लक्ष्य लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
- एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
- संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया