Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुकमेल आयातमा भन्सार महसुल दोब्बर भएपछि तस्करी बढ्ने खतरा !

सुकमेल आयातमा भन्सार महसुल दोब्बर भएपछि तस्करी बढ्ने खतरा !


विराटनगर । सरकारले बजेटमार्फत भन्सार महसुल दोब्बर बढाएपछि सुकुमेलको तस्करी बढ्ने खतरा बढेको व्यवसायीहरूको गुनासो छ । नेपाल र भारतको बीचमा रहेको खुुला सिमानाको फाइदा उठाउँदै तस्करी बढ्नेतर्फ सुकमेल आयातकर्ताहरूले चिन्ता व्यक्त गरेका हुन् ।

विराटनगर र वीरगञ्जका सुकमेल कारोबारीले लामो समयदेखि सन्दर्भ मूल्यसूचीमा सुकुमेलको भन्सार मूल्याङ्कन घटाउन अर्थमन्त्रीलाई अनुरोध गर्दै आएका थिए । तर अर्थमन्त्री प्रकाशशरण महतले सुकमेलको भन्सार मूल्याङ्कनमा दोब्बर वृद्घि गरेपछि भन्सार नाकाबाट हुने सुकमेलको कारोबार खुला नाकाबाट हुुने कारोबारीहरूले बताएका हुन् । तेस्रो मुलुक ग्वाटेमालाबाट नेपाल ल्याइने मध्यमस्तरको सुकुमेलको निर्यात मूल्य प्रतिकिलो आठदेखि नौ डलर कायम हुुँदा नेपालमा भन्सार विभागले प्रतिकिलो साढे १२ डलर मूल्याङ्कन कायम गरेको छ ।

भन्सार विन्दुमा कार्यालयले सुकुमेलको जाँचपास गर्दा मूल्यलाई नै आधार बनाएपछि सुकुमेलको आयातकर्ताहरूले अब सुकमेल आयात नै गर्न नसक्ने अवस्था आएको बताएका हुन् । नेपाल आउने सुकमेल अब तस्करीबाहेक अर्को बाटोबाट आउनै नसक्ने उनीहरूको दाबी छ । बजेटमा सुकुमेलको साबिकको भन्सार महसुल १० प्रतिशतलाई २० प्रतिशत बनाइएको छ । जसले गर्दा एक कन्टेनर सुकुमेलमा १९ देखि २० लाख रुपैयाँ थप राजस्व लाग्नेछ । विराटनगरमा सुकुमेलका आयातकर्ताहरू दिनेश राठी, हेमकरण दुगड, रतन अग्रवाल, विमल जाजोडिया अग्रवाल, जगदीश अग्रवाल, शंकरलाल अग्रवाल, नन्दकिशोर राठी, बजरंग बाहेती, खेमचन्द लालबानी, प्रियंक लालबानीलगायतका छन ।

राजस्व वृद्धि गर्न आयात खुकुलो गर्ने नीति ल्याउने भनी अर्थमन्त्रीले दिएको वक्तव्य भाषणमा मात्रै सीमित भएको उनीहरूले बताएका छन् । अर्थमन्त्रीले राजस्व वृद्धि नगरेर तस्करीलाई प्रोत्साहन गरेको उनीहरूको आरोप छ । अन्तर्राष्ट्रिय बजारमा सुकुमेलको मूल्य प्रतिकिलो छदेखि नौ डलरमात्र भएको उल्लेख गर्दै एक कारोबारीले भन्सार विभागले उक्त सुुकमेललाई साढे १२ डलरको मूल्य निर्धारण गर्नु न्यायोचित नहुने बताए । एक किलो सुकुमेल आयात गरेर गोदामसम्म ल्याउँदा प्रतिकिलो एक हजार आठ सय ५० रुपैयाँ पर्ने दाबी आयातकर्ताको भनाइ छ । त्यही सुकुमेलको बजार मूल्य अहिले एक हजार छ सय रुपैयाँसम्म पुगेको छ । अब दोब्बर भन्सार दस्तुर बुुझाएर सुकमेलको कारोबार नै गर्न नसक्ने आयातकर्ताहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया