Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमईको प्रभातफेरी कार्यक्रम

आईएमईको प्रभातफेरी कार्यक्रम


काठमाडौं । आफ्नो स्थपनाको २२ वर्ष पूरा गरी २३ औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । निरन्तर सहयात्रा विश्वासको भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो । डिजिटल रेमिटेन्सको प्रबर्द्धन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको हो ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरीमा “सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य“, “रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं“ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढी कर्मचारीहरुको सभागिता रहेको थियो । प्रभातफेरीमा चर्चित कलाकार तथा आईएमईका ब्राण्ड एम्बेसडर दिपकराज गिरी र दिपाश्री निरौला पनि सहभागी भएका थिए ।

प्रभातफेरीको उद्घाटन गर्दै अध्यक्ष ढकालले आईएमईलाई सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्ने सम्पूर्ण सेवाग्राहीहरु, नियामक निकायहरु तथा कर्मचारीहरुलाई कृतज्ञता व्यक्त गरे । हरेक वर्ष जेठ २९ गते आईएमईले आफ्नो स्थापना दिवसको अवसरमा सचेतना मूलक प्रभातफेरी आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया