Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र सयपत्री भान्सा घरबीच सम्झौता

कामना सेवा र सयपत्री भान्सा घरबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र सयपत्री भान्सा घर, बुटवलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले बुटवलस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

भ्याली स्टेट कलेजबीच सम्झौता : कामना सेवा विकास बैंकले भरतपुर, चितवनस्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा जेठ २५ गते बिहीबारका दिन हस्ताक्षर भएको हो । कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरूको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्नेतर्फ भ्याली स्टेट कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत योगदान पु-याउने बताएको छ । साथै, यस सम्झौतापश्चात कामना सेवा विकास बैंकले भ्याली स्टेट कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप प्रोग्रामको व्यवस्थासमेत गर्ने भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया