काठका पोल हटाइँदै
दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले काठमा पोल विस्थापन गर्ने तयारी थालेको छ । विद्युतीय जोखिम कम गर्न काठका पोल हटाउने अभियानलाई तीव्रता दिन थालिएको वितरण केन्द्रले जनाएको छ ।
जिल्लाभर रहेका काठका पोल विस्थापित गरी सोही ठाउँमा नयाँ फलामे पोल प्रतिस्थापन गर्न लागिएको हो । पहिलो चरणमा हाई भोल्टेज लाइन भएका पोलहरूको सुधार गरिएको वितरण केन्द्रले जनाएको छ । सुरुवाती समयमा विद्युतीकरणका क्रममा प्रयोग गरिएका पोलले विद्युतीय दुर्घटना बढ्न थालेपछि त्यसलाई हटाएर दिगो र भरपर्दो फलामको खम्बा प्रयोग गर्न थालेको वितरण केन्द्र दोलखाका प्रमुख मेघनाथ ढकालले वताए । हाल जिल्लाभरमा करिब सात सय काठका खम्बा रहेको उनले जानकारी दिए । यस्तै, ट्रान्सफर्मर अर्थिङ सुधार तथा मजबुत लोड सेन्टर बनाउने कार्यलाई पनि तीव्ररूपमा अगाडि बढाएको उनले बताए ।
वितरण केन्द्रले महसुल नतिर्ने संघसस्थाहरूको विद्युत् लाईन काट्ने कामलाई पनि तीव्रता दिएको जनाएको छ । विद्युत्को महसुल दुई महिनासम्म नतिर्ने सरकारी, गैरसरकारी संस्था, व्यक्तिगतलगायत सम्पूर्णको विद्युत् लाइन काट्ने गरिएको प्रमुख ढकालले बताए । यस्तै, उनले विद्युत् महसुल तिर्न आनाकानी नगर्न आग्रह गरे । उनले ४ करोड रूपैयाँ विद्युत् महसुल उठ्न बाँकी रहेकोमा दुई करोड ५० लाख रूपैयाँ महसुल उठिसकेको जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया