एनआईसी एसिया क्यापिटल र अगम फुड इन्डस्ट्रिज प्रालिबीच सम्झौता
काठमाडौं । एनआईसी एसिया क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सोही सेवाअन्तर्गत लाजिम्पाट, काठमाडौमा कर्पोरेट कार्यालय रहेको अगम फुड इन्डस्ट्री प्रालिलाई क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गतको संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फन्डको व्यवस्था गरिदिनेसहित अगम फुड इन्डस्ट्री प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा आईपीओ जारी गर्ने चरणमा पु-याई भविष्यमा सर्वसाधारणमा साधारण सेयरको सार्वजनिक निष्कासन गरिदिनेसम्मको सेवा प्रदान गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र अगम फुड इन्डस्ट्री प्रालिबीच मंगलबार दुई पक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
अगम फुड इन्डस्ट्री प्रालि नेपालको सबैभन्दा ठूलो स्टिम राइस मिल उद्योगमध्ये एक हो । उक्त राइस मिल उद्योग सन् २००५ देखि भरतपुर वडा नं. १३, चितवनमा उद्योग स्थापना गरी नियमितरूपमा आफ्नो उत्पादन देशको विभिन्न भू–भागमा बिक्रीवितरण गर्दै आइरहेको छ । स्वदेशी किसानहरूबाट धान खरिद गरी चामल उत्पादन गरी चामलको आयात घटाई राष्ट्रिय अर्थतन्त्रलाई बढोत्तरी दिने मुख्य उद्देश्यका साथ सञ्चालन गरिएको अगम फुड इन्डस्ट्रीले आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत आफ्नो उत्पादनलाई नेपालभर विस्तार गरी उपभोक्ताहरूलाई सहज, सर्वसुलभ, गुणस्तरीय साथै सुपथ मूल्यमा चामललगायत अन्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया