सिटिजन्स बैंकका ग्राहकलाई छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरूले संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले आदर्शनगर, वीरगञ्जमा अवस्थित औरा इलेभेनका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् । त्यस्तै, कन्चनरुप सप्तरीमा अवस्थित एमडी हेल्थ केयर हस्पिटलका सेवाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । त्यस्तै, बोदेबर्साइन सप्तरीमा अवस्थित बोदेबर्साइन लाइफ केयर पोलीक्लिनिकका सेवाहरूमा अधिकतम १७ प्रतिशतसम्म छुट पाउने छन् भने कावासोती, नवलपुर अवस्थित कालीगण्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरूमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ । बैंकले देशभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया