Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

लुम्बिनी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग


काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोग स्वरूप एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । हेल्प नेपाल नेटवर्कले मुगु जिल्लाको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निर्माण गर्नुका साथै स्थानीयलगायत वरपरका गाउँमा पनि स्वास्थ्य सेवा दिँदै आइरहको छ । बैंकका अधिकारीले उक्त संस्थालाई विगतका वर्षमाझैँ यस वर्ष पनि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।

साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–३, शिखर आम्बोटोमा अवस्थित श्री देवी माध्यमिक विद्यालयलाई पनि सहयोगबापत एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा बाल कक्षादेखि कक्षा १० सम्मको अध्ययन अध्यापन भइरहेको हुँदा आवश्यक हुने सूचना–प्रविधिको सामग्री सहयोग गरेको र सोबाट अध्यनरत करिब ८०० विद्यार्थी लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।

यसका साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत नै रम्भा गाउँपालिका–४, हुमिन, बागचौर, पाल्पामा अवस्थित श्री अमर आधारभूत विद्यालयलाई पनि अतिरिक्त क्रियाकलाप तथा बिहानी प्रार्थना सञ्चालनार्थ एक थान साउन्ड सिस्टम हस्तान्तरण गरेको छ । उक्त विद्यालयले ग्रामीण समुदाय, निम्न आय भएका, दलित, आदिवासी जनजाती बालबालिकाहरूलाई अध्यापन गराइरहेको छ । सो सामान हस्तान्तरणपश्चात त्यस विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थी लाभान्वित हुनेछन् ।

बैैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरूपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि १० गुणासम्म हुने बिशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया