Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकको निःशुल्क स्वास्थ्य शिविर

सनराइज बैंकको निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं । सनराइज बैंकले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको हो । निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता मा.वि, शुद्धोधन गाउँपालिका ७, रुपन्देहीमा सञ्चालन गरिएको थियो । सञ्चालन भएको सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी दुई सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरू लिएको बैंकले जानकारी दिएको छ ।

त्यस्तै, सनराइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा जेष्ठ २५ गते छिटाहा मावि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो  । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदानजस्ता स्वास्थ्य सुविधाहरू प्रदान गरिएको थियो । कार्यक्रममा एक सय ५१ सहभागीहरू थिए । हरेक वर्ष देशका विभिन्न स्थानहरूमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरूलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तीकरणलगायतका विषयहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कामहरू गर्दै आएको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया