बैंक तथा फाइनान्स कम्पनीमा निक्षेप खाता बढे
काठमाण्डौं,वैशाख ५
बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा खाताको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित सबै नेपालीको बैंक खाता अभियान सञ्चालन गरेपश्चात् निक्षेप तथा कर्जा खाताको संख्या बढेको हो ।
सोही आधारमा चालू आर्थिक वर्षको सात महिनाको अवधिमा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । ती संस्थाहरुमा कुुल तीन करोड ११ लाख १२ हजार एक सय ९४ वटा निक्षेप खाता सञ्चालन हुुँदा कर्जा खाताको संख्या १४ लाख ९८ हजार चार सय ६७ मात्र रहेको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुमा मात्र दुुई करोड ५६ लाख १९ हजार नौ सय ४९ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या भने ११ लाख १३ हजार सात सय १९ रहेको छ ।
विकास बैंकहरुमा भने यस अवधिमा ४८ लाख ५५ हजार आठ सय ७२ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या भने तीन लाख ३९ हजार नौ सय ८८ वटा मात्र रहेको छ । चालू आवको पछिल्लो छ महिनामा छ लाख ३६ हजार तीन सय ७३ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने ४४ हजार सात सय ६० वटा मात्र रहेको छ ।
राष्ट्र बैंकका अनुुसार गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा दुुई करोड ५६ लाख ५८ हजार तीन सय ८७ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या १३ लाख ६० हजार तीन सय १४ वटा रहेको थियो । उक्त अवधिमा वाणिज्य बैंकहरुमा मात्र दुुई करोड नौ लाख ७८ हजार दुुई सय ६१ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जातर्फ नौ लाख ८७ हजार नौ सय ४२ वटा खाता सञ्चालनमा रहेका थिए । यसैगरी विकास बैंकतर्फ पनि ४१ लाख २७ हजार आठ सय १८ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जातर्फ तीन लाख ३१ दुुई सय ३३ वटा खाता सञ्चालनमा रहेका थिए । फाइनान्सतर्फ भने गत आवको छ महिनामा पाँच लाख ५२ हजार तीन सय आठवटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जातर्फ ४१ हजार एक सय ३९ वटा खाता सञ्चालनमा रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया