सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभा
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा बिहीबार अमृतभोग, कालिकास्थान, काठमाडौंमा कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा आव २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कयालले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस)बमोजिमको वित्तीय विवरण पेस गरेका थिए । सभाले सो प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ । त्यस्तै, आगामी आव २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा श्री एन अमात्य एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मतरूपमा पारित गरेको छ ।
सभाबाट कम्पनीका संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूमा क्रमशः कुनाल कयाल, दिलीप श्रेष्ठ र मिता मुरारका अग्रवाल निर्विरोध निर्वाचित हुनुका साथै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूमा क्रमशः डा हेमन्तकुमार दवाडी, प्रकाशमान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) निर्विरोध निर्वाचित भएका छन् । साथै, कम्पनीले आफ्नो ध्यान अझ उत्कृष्ट सेवा दिनमा केन्द्रित गरी ग्राहकहरूको मन जित्दै आफ्नो व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न क्रियाशील रहने प्रतिबद्धता
व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया