Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसबीआई बैंक र अरोगिन हेल्थ केयरबीच सहकार्य

एसबीआई बैंक र अरोगिन हेल्थ केयरबीच सहकार्य


काठमाडौं । नेपाल एसबीआई बैंक र अरोगिन हेल्थ केयर प्रालिबीच सहकार्य भएको छ । बैंकले काठमाडौंको विशालनगरमा रहेको अरोगिन हेल्थ केयरबीच सेवा प्रवाहमा छुट दिने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका मुख्य प्रबन्धक विनोदकुमार ढुंगेल र हेल्थ केयरका प्रबन्धक जानुका विष्टले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले अरोगिन हेल्थ केयरका विभिन्न सेवा लिएबापत छुट पाउने छन् । हेल्थ केयरको सेवा लिएबापत बैंकको मोबाइल बैंकिङ वा डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा कपाल प्रत्यारोपण, छाला स्याहार, दन्त सेवा, दिवा स्याहार र नर्सिङलगायतका सेवामा छुट पाउने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया