Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसंसदमा मुर्रा भैँसीले ठाउँ पायो, अनि गाउँघरको नि ?

संसदमा मुर्रा भैँसीले ठाउँ पायो, अनि गाउँघरको नि ?


काठमाडौं,हालै दुई साथीसँग घुम्ने सिलसिलामा गाउँतिर हानियो । तीनमध्ये एक कान्छो, पढेलेखेको, मास्टर डिग्री हासिल गरिसकेको काठमाडौंको रैथाने युवक तर उपल्लो डोल्पामा सात महिना प्राध्यापन गरेर बिताइसकेका भने अर्को वरिष्ठ र सफल पत्रकार ।गाडीको सफरमा देशमा विद्यमान समसामयिक विषयको छलफल हुने नै भयो ।

आफ्ना विचार पोख्ने, प्रतिक्रियाहरू लिनेदिने भइरह्यो । यात्राको क्रममा देशमा भएका ठूला घटनाहरू जस्तै; नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पलायन गर्ने जघन्य अपराध, संघीय नीति तथा कार्यक्रम, बजेट र मूलतः संसद्लाई दिने पाँच करोड कोष, संसद्मा हुने गरेका प्रश्न र छलफलको स्तर, केपी ओलीको संसद्मा दिने दुई घण्टे अन्त न सन्तको भाषण, प्रधानमन्त्रीको भारत भ्रमण र उपलब्धि, नेपाली नागरिकता विधेयक, अखण्ड भारतको नयाँ नक्सा अनि बालेनले झुन्ड्याएको ग्रेटर नेपालको फोटोको बारेमा धेरै समय खर्चियौँ ।

गाडीमा बस्दै राजमार्ग छेउछाउमा देखिएका प्रगति, विनाशको स्थिति, गाउँमा जताततै डोजर बाटो, गाउँले जीवन, भोगेका राम्रा र नराम्रा कुराहरू हेर्ने, आ–आफ्नो दृष्टिकोण राख्ने भइरहयो । हामीमध्येका कान्छा मूलतः स्रोताको भूमिका खेल्ने गरेको थियो । कहिलेकाँही वजनदार प्रश्न गर्ने र आफ्नो धारणा पनि राख्ने गथ्र्याे ।

No description available.

बिहान सबेरै काठमाडौं छोडेकोले राजमार्गकै छेउको एक लोकल रेस्टुरेन्टमा दिवा खाना खाइयो । खाना त्यति स्वादिलो भने लागेन । पसल नेवार जातिको भए पनि नेपाल भाषामा कुरा गर्न नसक्ने रहेछन्  । दिवा खानापछि हामी राजमार्ग त्यागेर कच्ची बाटोतिर लागियो ।खाँडादेवी माईको नाम धेरै सुनेको, सिन्धुली बाटोमा जाँदा दूरदर्शन गारियो । मन्दिरमै दर्शन गर्ने मौका पाइयो । यो मन्दिर त्यस भेगको शक्तिशाली ‘शक्तिपीठ’ मानिन्छ । दर्शनार्थी देशका विभिन्न जिल्लाबाट आउँदा रहेछन् । हामी पुग्नुभन्दा केहीअगाडि काठमाडौंका झण्डै १०० जनाभन्दा बढी दर्शन गरेर फर्केका रहेछन् । पशुबली दिएको आलो रगत देखियो ।

मन्दिर पहाडको टुप्पोमा अवस्थित भएकाले रमाइलो र वरपरको मनमोहक दृश्य हेर्न मज्जा लाग्यो । मन्दिर परिसर वरिपरि श्रद्धालुहरूले उपहार दिएका घण्टी प्रशस्त देखियो । फोटो त लिने नै भइयो । मन्दिरको व्यवस्थापन राम्रो लाग्यो । केही समय रमाइलो गरी आफ्नो गन्तव्यतिर लागियो ।बाटो अप्ठ्यारो, घुमाउरो र फोर ह्विल नभई नचल्ने रहेछ । पानी नपरेकाले खास समस्या भएन । हामी जाने गन्तव्य, गेलु र दोरम्बा भएर जानुपर्ने रहेछ । दोरम्बा अति चर्चित ठाउँ, जहाँ माओवादीको युद्धताका सैनिक आक्रमणमा २१ जनाले ज्यान गुमाउनु परेको थियो ।

दिनभरि गाडीको उकालोओरालो सफरपछि आफ्नो गन्तव्य पुगियो । हामीलाई रात बिताउन तीन खात भएको एउटा कोठा छुट्याएको रहेछ । होटल नभएकाले शौचालयको चिन्ता थियो तर राम्रै व्यवस्था रहेछ ।के खाने सल्लाह भयो । सबैले कोदोको ढिँडो र लोकल कुखुराको झोल खाने निधो भयो । थकाइ मेट्न काठमाडौंबाट लगेको केही खाजा खाइयो । घरमा श्रीमान् र श्रीमती मात्र रहेछन् । तीन मात्र छोराहरू कामको सिलसिलामा गाउँ छोडेको वर्षौं भइसकेको रहेछ । घरपति (होस्ट) हामीलाई रात्रिभोज तयारीमा व्यस्त थिए ।

उचाइमा अवस्थित हिमाल देखिने भएकाले काठमाडौंको गर्मीको तनावबाट मुक्त हुन पाएको महसुस भयो । शान्त वातावरण, हल्का चिसो, हरियाली, जंगलको बीचमा चराको चिरबिरले मन आनन्दित तुल्यायो ।हामी आएको देखेर वरिपरिका गाउँले दाजुभाइहरू जम्मा हुन थाले । अनि सुरु भयो गफगाफ । गफ गर्दै गर्दा केही रमाइला त धेरै दुःखद कुरा निस्कियो । उनीहरूका आँखाले अप्ठ्याराको संकेत गरेको प्रस्ट देखिन्थ्यो । जम्मा भएका परिवारका कसैको पनि आफ्ना छोराछोरी गाउँमा देखिएन । अधिकांश सहर, विदेशमा पलायन भएको वर्षौं भइसकेको रहेछ । धन्य, मोबाइलले गर्दा समयसमयमा कुरासम्म गर्न पाएको रहेछ । हाम्रै अगाडि ‘माल्टा’ देशमा कार्यरत छोराको फोन आएको सुन्यौं ।

कुरागर्दै जाँदा यी गाउँमा बसेका आमाबुबाहरू परिवारबाट छुट्टिनुपरेको दुःख र ठूलो पीडामा रहेको बुझियो जुन जोकोहीले बुझ्न सक्ने अवस्था नै छैन । गाउँ ‘वृद्धामय’ भएको देखियो । तिनीहरू आफ्नो भविष्यका बाँकी दिनहरू कसरी बिताउने बारेमा धेरै चिन्तित र अलमलिएको देखियो ।वृद्ध आमाबुबा गाउँ छोड्ने स्थितिमा पनि रहेनछन् । जग्गा त छ तर सबै कमाउन सक्ने अवस्था छैन । काम गर्ने युवाशक्तिको कमीले गर्दा सुन फलाउन सक्ने फाँटहरू बाँझोका बाँझो हुन पुगेको छ । प्रकृतिले हुन सक्ने र दिन सक्ने सबै दिएको छ देशलाई । सुन्दर देश भएर पनि त्यसको सहि उपभोग, उपयोग र प्रयोग गरी फाइदा लिन सकेन । सुनको अण्डा होइन, अण्डा दिने कुखुरा नै खाने प्रवृत्ति हाबी भएको छ । दिन प्रतिदिन प्रकृतिको दोहन गरेको ग¥यै छ । चाहे त्यो जताततै डोजर सडक बनाएर, वनजङ्गल मासेर, नदीनाला, गिट्टी, बालुवाको अधिक प्रयोग होस्, कृषियोग्य भूमि बाँझो राखेर होस् । परिवार तितरवितर भएको प्रायः सबै परिवारमा रहेछ । प्रकृतिको श्रेय दिन प्रतिदिन ओरालो लागेको लागै छ । देशका साधारण जनताको त के जनप्रतिनिधि, नेताहरूले नै त्यो बुझ्नै सकेनन्, बचाउन नेतृत्व दिनै सकेनन् ।

स्थानीय सरकारका प्रतिनिधि, मन्थली नगरपालिकाका प्रमुख र वडाध्यक्षहरूसँग भेट्ने मौका पनि पाइयो । कृषि र युवा पलायनका कुरामा केन्द्रित भएर छलफल गरियो । हालैको राष्ट्रिय जनगणनामा सबभन्दा बढी बसाइँसराइ गर्ने जिल्लामा रामेछाप अग्रपंक्तिमा पर्दोरहेछ । राजनीतिक खिचातानी, देशको तीनै तहमा दलहरूको गठबन्धन सरकारले गर्दा सीमित बजेटमा पनि कनिका छरेजस्तो स्रोत विभाजन गर्नुपर्ने बाध्यता भएको तथा युवाहरूले कृषिमा भन्दा सहरी क्षेत्रमा काम गर्न रुचाएकाले समस्या जटिल भएको आफ्नो धारणा व्यक्त गरे । निजी क्षेत्रसँग मिलेर काम गर्न इच्छुक भएको र प्रयास गर्ने आशय व्यक्त गरे ।

तीन दिने यात्रा सूचनामूलक रह्यो । धेरै लुकेका कुराहरू पनि बुझ्ने मौका पाइयो र रमाइलोसँग बित्यो । गाउँमा भएका र गाउँमा देखेका कुराले आफैँलाई प्रश्न गर्न मन लाग्यो । संसद्मा भएका, गरेका कुराहरूले हामीले देखेका, छलफल गरेका, उठाएका कुराहरू खास गरी गाउँघरका समस्यालाई समाधान गर्ने कुरा उठेकै देखिएन । काम कुरो एकातिर नाम्लो बोकी ठिमीतिर भनेझँै नीति तथा कार्यक्रम र बजेटले गाउँघर देख्न सकेको देखिँदैन । सरकारले देशको शीर्ष प्राथमिकता दिनुपर्ने युवा परिचालन साथै यी समूहलाई गाउँघरमै रोजगारी दिने राष्ट्रिय अभियानको रूपमा पार्न सकेन । देशले युवाहरू निर्यात गर्दै जाने हो र रेमिट्यान्समा मात्र निर्भर हुने हो भने विकास, निर्माणमा सहभागी हुने र काम गर्ने को ? यदि यस्तै अवस्था रहीरहे देशले ठूलो दुर्घटना व्यहोर्नुपर्ने पक्का छ ।

संसद्मा भएका छलफलको राम्ररी विश्लेषण गर्ने हो भने प्रत्येक सांसदको ज्ञान र बुझाइको स्तर के ? हैसियत के र औकात के रहेछ ? भन्ने छर्लङ्ग बुझ्न सकिन्छ । दल र आफूभन्दा माथि राष्ट्रहितका लागि उठ्न र बोल्न सकेको पटक्कै देखिँदैन । घोचपेच, विरोधका लागि विरोध, बोल्नका लागि बोल्ने, कुनै गृहकार्यविना सिरू न पुच्छरको प्रस्तुति देख्न र सुन्नुपर्ने हुन्छ ।

संसद्मा नचाहिने भारतबाट उपहार दिएको १५ वटा राँगा, मुर्रा भैँसीले ठाउँ पाउँछ । प्रधानमन्त्री भारत जाँदा ‘बेइज्जत भयो रे’ भन्दै कुरा उठ्छ । विपक्षी दलका नेताहरू दङ्ग भएर ठाउँ न कुठाउँ धमलाको हमला कार्यक्रममा समेत घाँटी फुलाई अन्तरवार्ता दिँदै हिँडेको देखिन्छ । के यो आफैँले आफूलाई होच्याएको होइन ? प्रधानमन्त्री त देशको हो नि, कुनै एक राजनीतिक दलको होइन भन्ने महसुस किन हुँदैन ?

राष्ट्रहितका मुख्य र ठूला मुद्दाको नामसमेत उच्चारण भएको सुनिन्नँ । संसद् चल्दाको दृश्य हेर्दा छलफलबाट केही होला किजस्तो लाग्न छोडिसक्यो । उपस्थिति न्यून, खाली मेचहरू त्यसमा पनि कोही सुतेको छ, कोही ख्याल गरेको छ, कोही मोबाइल चलाएर बसेको छ । खोई अनुशासन ? जनताले यिनीहरूबाट के प्रेरणा

एकजना स्वतन्त्रबाट निर्वाचित पालिका प्रमुखले ‘सांसदमार्फत पाँच करोड खर्च’ बजेटमा राखेको कुरालाई लिएर सामाजिक सञ्जालमा कुरा उठाए । खिल्ली उडाए र सम्पूर्ण सांसदलाई वडाध्यक्षसँग तुलना गरे । दलबाट निर्वाचित सांसदहरूलाई एक नगरप्रमुखले चुनौती दिइरहेका छन् । उनले बोलेका कति ठीक कति बेठीक आफ्नै ठाउँमा छ । तर सांसदहरूले किन प्रतिवाद गरेनन् ? बोलेनन् वा बोल्न सकेनन् ? पैसाकै लागि जितेको हो भने काठमाडौंका वडाध्यक्षहरूले कयौँ गुणा पैसा एक वडामा खर्चेको देखिन्छ ।

के अर्को निर्वाचनमा सांसदहरू वडातिर झर्ने हो ?
भारतमा ‘अखण्ड भारत’को तस्वीर आवरणपछि हाल नेपालमा पनि ‘ग्रेटर नेपाल’ नक्साको पनि खुब चर्चा चल्न थालेको छ । एक नगरप्रमुखले त आफ्नै अफिसको भित्तामा सो तस्वीर झुण्ड्याएर भारतलाई टक्कर दिन सक्ने नेताको रूपमा वाहवाही कमाएको सामाजिक सञ्जालमा देख्न सकिन्छ । देशवासी सबैले सो तस्वीरको प्रचारप्रसार गर्न र भारतलाई देखाउन आग्रह गरेको देखिन्छ । भारतलाई के देखाउने ? के सरकारी कार्यकक्षमा जसलाई जे मन लाग्यो त्यो गर्न पाउँछ ? यो किन ग¥यो, कसले गरायो, यसको खास उद्देश्य के हो कुरो बुझ्न नसक्दा जनता अलमलमा परेका छन् । चुच्चे नक्साको मुद्दा यथावत् छ । दुई देशबीचको सम्बन्धमा के असर पुग्ने हो ? प्रमुखले अफिसमा तस्वीर झुन्ड्याउने अधिकारभित्र पर्छ ? संसद् मौन छ, सरकार पनि मौन छ ।

परराष्ट्र मन्त्रालय मौन मात्र होइन परराष्ट्रमन्त्रीलाई ‘अखण्ड भारत’सम्बन्धी भारतीय सञ्चारमाध्यम ‘आजतक’ले अन्तर्वार्ता लिँदा आफ्नो धारणा राख्नसमेत चुक्नुभयो । यसको जिम्मेवारी कसले लिने ? आजै फेरि भारतीय फिल्ममा ‘सीता माताको जन्मको विवाद’लाई लिएर फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउनेबारे बोलेको सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पाउने ? अपेक्षा के गर्ने ? कस्तो अचम्म ? सांसदहरूको यही हो काम ? एक जना स्वतन्त्रबाट निर्वाचित पालिका प्रमुखले ‘सांसदमार्फत पाँच करोड खर्च’ बजेटमा राखेको कुरालाई लिएर सामाजिक सञ्जालमा कुरा उठाए । खिल्ली उडाए र सम्पूर्ण सांसदलाई वडाध्यक्षसँग तुलना गरे । दलबाट निर्वाचित सांसदहरूलाई एक नगरप्रमुखले चुनौती दिइरहेका छन् । उनले बोलेका कति ठीक कति बेठीक आप्mनै ठाउँमा छ । तर सांसदहरूले किन प्रतिवाद गरेनन् ? बोलेनन् वा बोल्न सकेनन् ? पैसाकै लागि जितेको हो भने काठमाडौंका वडाध्यक्षहरूले कयौँ गुणा पैसा एक वडामा खर्चेको देखिन्छ । के अर्को निर्वाचनमा सांसदहरू वडातिर झर्ने हो ?

भारतमा ‘अखण्ड भारत’को तस्बिर आवरणपछि हाल नेपालमा पनि ‘ग्रेटर नेपाल’ नक्साको पनि खुब चर्चा चल्न थालेको छ । एक नगरप्रमुखले त आफ्नै अफिसको भित्तामा सो तस्बिर झुण्ड्याएर भारतलाई टक्कर दिन सक्ने नेताको रूपमा वाहवाही कमाएको सामाजिक सञ्जालमा देख्न सकिन्छ । देशवासी सबैले सो तस्बिरको प्रचारप्रसार गर्न र भारतलाई देखाउन आग्रह गरेको देखिन्छ । भारतलाई के देखाउने ? के सरकारी कार्यकक्षमा जसलाई जे मन लाग्यो त्यो गर्न पाउँछ ? यो किन ग¥यो, कसले गरायो, यसको खास उद्देश्य के हो कुरो बुझ्न नसक्दा जनता अलमलमा परेका छन् । चुच्चे नक्साको मुद्दा यथावत् छ । दुई देशबीचको सम्बन्धमा के असर पुग्ने हो ? प्रमुखले अफिसमा तस्बिर झुन्ड्याउने अधिकारभित्र पर्छ ? संसद् मौन छ, सरकार पनि मौन छ । परराष्ट्र मन्त्रालय मौन मात्र होइन परराष्ट्रमन्त्रीलाई ‘अखण्ड भारत’सम्बन्धी भारतीय सञ्चारमाध्यम ‘आजतक’ले अन्तर्वार्ता लिँदा आफ्नो धारणा राख्नसमेत चुक्नुभयो । यसको जिम्मेवारी कसले लिने ? आजै फेरि भारतीय फिल्ममा ‘सीता माताको जन्मको विवाद’लाई लिएर फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउनेबारे बोलेको सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पलायन गर्ने जघन्य अपराधजस्ता ठूलो घटना प्रहरीले उजागर गर्दै पहिलोपल्ट ठूलो दलका शक्तिशाली केही हाइप्रोफाइल नेता तथा सरकारी कर्मचारीलाई थुनामा राख्न सफल भए । सबै राजनीतिक दलहरूले प्राथमिकताका आधारमा संसद्मा कुरा पनि उठाए र कडाभन्दा कडा सजायको माग समेत गर्न भ्याए । जनताहरू अब त देशमा केही होला कि भनी आशावादी भए । यो प्रकरण सफल हुनसके यो नै देश विकासको परिवर्तन विन्दु हुन सक्ने र फड्को मार्ने अनुमान गरिएको छ ।

यसैबीच तीन कुना फर्केका, संवादसमेत नगर्ने तीन ठूला दलका नेताहरू अचानक बैठक गर्न राजी भए । पटकपटक बाक्लो भेटघाट र बैठक जारी राखे । के मुद्दामा छलफल गरे र निष्कर्ष केआयो ? गोप्यको गोप्यमै सीमित रहे । मुद्दा कमजोर गर्न सो भेटघाट गरेको बुझाइ छ । आज थुनछेकको बहस अदालतमा चलिरहेको छ । एक शक्तिशाली आरोपित प्रतिवादीको तर्फबाट ३५ भन्दा बढी वरिष्ठ अधिवक्ताहरू निर्दोष सावित गर्न लागिपरेको छ ।

यो लेख्दालेख्दै प्रकाशित समाचारअनुसार अदालतले हाइप्रोफाइल नेता तथा सरकारी कर्मचारीलाई थुनामा पठाउने आदेश गरेको छ, जुन स्वागतयोग्य मान्नुपर्छ । फैसलाको प्रक्रियाले कति समय लिने हो थाहा छैन । सुनिन्छ, मुद्दा कमजोर गर्ने पहल सुरु भइसकेको छ । नतिजा के आउने हो हेर्न जनता आतुर छन् । यदि यो मुद्दालाई कमजोर गर्ने प्रयास गरे खास गरी ठूला दलहरूले गतिलो मूल्य चुकाउनु पर्ने हुन्छ । झण्डै दुईदुई घण्टाको समय लिएर एमाले अध्यक्ष केपी ओलीले संसद्मा प्रवचन दिए । कहिल्यै नबोल्ने भए त ठिकै थियो । अन्त न सन्तको भाषण, उपलब्धि खोई ? भाषणबाट जनता आजित भएका छन् । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा पुगिसकेका व्यक्तिले कस्तो कुरा कहाँ बोल्नेसम्म त ज्ञान हुनुपर्ने होइन र ?

नागरिकता विधयक जारी भयो तर यसविरुद्ध हाल सर्वाेच्च अदालतमा विचाराधीन छ । यसले कस्तो रूप लिने हो हेर्न बाँकी नै छ । यी माथि उल्लेख गरेका सबै बुँदाहरू तथा गाउँमा र गाउँलेहरूले भोगेका मुद्दासँग के सम्बन्ध हुने हो बुझ्न नसक्ने भयो, समयले देखाउने नै छ ? काठमाडौं फर्किने क्रममा सफल होटल व्यवसायी तथा साथी प्रेमकण्ठ श्रेष्ठको ‘धुलिखेल लज रिसोर्ट’, धुलिखेलमा आफूलाई अति मनपर्ने ‘माछाको छोएला’सहितको खाजा खाइयो र फर्कियो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया