Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान

मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान


काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै एक लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकारमार्फत मनकामना यात्रा गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

कम्पनीका अनुसार यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको हो । यसअघि आर्थिक वर्ष २०७५/७६ मा जेठ महिनामा नै एक लाख ३५ हजार दुई सय ७२ को मासिक रेकर्ड थियो, जुन चालू आवको जेठ महिनामै तोडिएको छ । चालू आवको जेठ महिनाको औसत प्रतिदिन यात्री चार हजार सात सय पुगेको कम्पनीले जनाएको छ । यस्तै, भारतीय यात्रीहरूको पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा करिब दुई लाख ७० हजार भारतीयहरूले मनकामना भ्रमण गरेको जनाइएको छ । यस्तै, सात लाख छ हजार नेपालीले मनकामना दर्शन गरेका छन् । यस वर्ष भने औसत प्रतिदिन यात्री चार हजार सात सय पुगेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया