नेपाली उत्पादनको निर्यात प्रवर्द्धन गर्न आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरूको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरूको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको आवश्यक्तामा अध्यक्ष मल्लले जोड दिए ।
नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिबार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यातयोग्य वस्तुहरूको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । मुलुकमा वार्षिक १० खर्ब हाराहारीमा निर्यात सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरूको पहिचान हुन सकेको छैन । निर्यात भइरहेका वस्तुहरूको पनि ब्राण्डिङ हुन सकेको छैन । चिया कफीजस्ता वस्तुहरूको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन ।’ नेपाली वस्तुहरूको निर्यात सहजीकरणका लागि मुख्यमुख्य भन्सार नाकाहरूमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्नेमा पनि उनले जोड दिए ।
यसै गरी कार्यक्रममा अध्यक्ष मल्लले करको दरभन्दा पनि दायरा बढाउनतर्फ सरकारको ध्यान जानुपर्ने बताए । राजस्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै उनले चालू आर्थिक वर्षमा सरकारी स्रोत नै संकुचित हुन पुगेको उल्लेख गरे । केही वस्तुहरूको आयात प्रतिबन्ध लाग्दा राजस्वमा गम्भीर असर परेकाले करको दायरालाई फराकिलो बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । मुलुकको आर्थिक नीतिमा सबै दलहरू एकै ठाउँमा उभिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बजेटलाई वितरणमुखीभन्दा पनि उत्पादनमुखी बनाउनुपर्नेमा सबैमा दलहरूको एउटै धारणा बन्नुपर्ने उनको भनाइ छ । युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी राज्यको नीति बन्नुपर्नेमा पनि उनले जोड दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया