Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको वेबसाइट नयाँ डिजाइनमा

एनआईसी एसिया बैंकको वेबसाइट नयाँ डिजाइनमा


काठमाडौं । समयअनुरूप परिष्कृत सेवा तथा सुविधाहरूका साथ लाखौं ग्राहकलाई आधुनिक बैंकिङको अभ्यास गरिरहेको एनआईसी एसिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइटलाई आकर्षक फिचरसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरू थप ग्राहकमैत्री बनाउँदै लैजाने उद्देश्यअनुरूप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो ।

ग्राहकहरूले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाजद्वारा सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । साथै, ग्राहक महानुभावहरूले खोजेअनुसारको प्रोडक्ट र विवरणहरू उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहक महानुभावहरूले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्ने छन् ।

मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबजस्ता डिभाइसहरूमा फिट हुने गरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरूको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ । वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, सेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरू गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउन्टर, एटिएमहरूको स्थान पत्ता लगाउन सकिनेलगायत बैंकसम्बन्धी विविध जानकारी तथा सहयोगका लागि २४ सै घण्टा च्याटबट सेवासमेत उपलब्ध छन् । यस बैंकको मोबाइल बैंकिङ एपमा रहेको ओम्नी च्यानल प्रणालीमा उपलब्ध सेवाहरू जस्तै, नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दति खाता खोल्ने, चेक अनुरोध, ई–कमर्स सुचारु, स्किम ट्रान्सफर, लकर सुविधा आवेदनलगायत दर्जनौं सेवाहरू वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकहरूलाई बैंकको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ ।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ६० शाखा कार्यालयहरू, चार सय ७३ एटीएम, एक सय नौवटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाइ समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीमध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया