काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाकी अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाको समग्र अवस्थाबारे प्रकाश पारिन् । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।
सभामा वक्ताहरूले विश्व अर्थतन्त्र कोभिडपश्चात बिस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौती थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले व्यवसाय चुनौतीपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरूका कारणले आव २०७८/०७९ मा सहज हुँदै गएको तर पछिल्लो समय लघुवित्तमाथि चौतर्फी आक्रमण हुँदा थपिएको चुनौतीका विषयमा बोलेका थिए ।
आव २०७८/०७९ मा संस्थाको सबै वित्तीय सूचकांकहरू उत्साहप्रद रहेको छ । सोही आवमा आईपीओ जारी गरी संस्थाले चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पु-याएको थियो । आव २०७८/०७९ मा संस्था कुल एक करोड ७२ लाख ३७ हजार एक सय पाँच रुपैयाँ नाफाआर्जन गर्न सफल भएको छ । सभाले संस्थाको सञ्चालक समितिको तर्फबाट प्रस्तुत सम्पूर्ण प्रस्तावहरू उपर छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेको संस्थाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि
- समसामयिक राजनीतिक व्यङ्ग्य
- श्रीअजन्ता इलेक्ट्रिकमाथि राजस्वको अनुसन्धान सुरु
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया