Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररिलायबल नेपालको साधारणसभा

रिलायबल नेपालको साधारणसभा


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले सञ्चालक समितिको छैटौं वार्षिक प्रतिवेदन आव २०७८/०७९ को वित्तीय विवरणहरू र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । सभामा सेयरधनीहरूले उठाउनु भएका जिज्ञासाहरूको अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जवाफ दिएका थिए ।

सो अवसरमा कम्पनीलाई यहाँसम्म पु-याउन सहयोग गर्नै बिमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालाहरूमा हार्दिक धन्यवाद ज्ञापन गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया