ललितपुरको कुसुन्तीमा एमजीको नयाँ सर्भिस सेन्टर
काठमाडौ । नेपालका लागि एमजी गाडीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोर्टसले ललितपुरको कुसुन्तीमा अत्याधुनिक सुविधायुक्त नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको यो सर्भिस सेन्टरको भौतिक संरचना र उपकरण खरिदको लागि मात्र कम्पनीले झण्डै २० करोड रुपैयाँ खर्च गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सचिन अर्यालका अनुसार एमजीको ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धतालाई व्यवहारमा उतार्नका लागि नै कम्पनीले करोडौं रुपैयाँ खर्च गरेर यो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । ‘गाडी बिक्री गर्नु ठूलो कुरा होइन, गाडी बिक्रीपश्चातको सेवा अर्थात् एफ्टर सेल्स सर्भिस ठूला कुरा हो, हामी हाम्रा ग्राहकहरूलाई बिक्रीपश्चातको सेवा दिन प्रतिबद्ध छौं’, प्रमुख कार्यकारी अर्यालले भने, ‘कोभिड महामारीको समयमा ललितपुरको कुसुन्ती हाइटमा रहेको छ रोपनी जग्गा कम्पनीले खरिद गरेका थियौं । त्यही जग्गामा अहिले हामीले भौतिक संरचना निर्माण गरेर सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हौँ ।’
उनका अनुसार जग्गाको कुल क्षेत्रफलमध्ये सर्भिस सेन्टरको संरचनाको लागि तीन रोपनी जग्गा प्रयोग भएको छ भने बाँकी जग्गा पार्किङ तथा अन्य प्रयोगको लागि छुट्याइएको छ । सर्भिस सेन्टरको पर्याप्त क्षेत्रफल, निकै फराकिलो वेटिङ लाउञ्ज, कस्टुमर सर्भिस डेक्स, रिपेयर सक्ने, अफिसलगायतका अत्याधुनिक सुविधाहरू रहेका छन् । यसै गरी सर्भिस सेन्टरमा अत्याधुनिक पूर्वाधार तथा मेसिन, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोलीसमेत रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिए । सर्भिस सेन्टरमा ११ बे, हाइ ईभी डायग्नोसिस टुल, एकपटकमा तीनवटा कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेयर आदिका सुविधा रहेको प्रमुख कार्यकारी अर्यालको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया