Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले एक सातामै दुई पटक घटायो ब्याजदर

चीनले एक सातामै दुई पटक घटायो ब्याजदर


बेइजिङ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता बढाउन र ब्याजदर घटाई अर्थतन्त्रलाई थप सबल बनाउन चाहन्छ । चीनमा एक वर्षयता खुद्रा बिक्री १२ दशमलव ७ प्रतिशतले मात्रै बढेको सरकारी तथ्यांकले देखाएको छ ।

चीनमा युवा बेरोजगारी दर पनि बढेर गएको छ । चिनियाँ राष्ट्रिय तथ्यांक कार्यालयले गतसाता सार्वजनिक गरेको तथ्यांकअनुसार चीनमा नयाँ युवा बेरोजगारी दर २० दशमलव आठ पुगेको छ । गत अप्रिलदेखि नै चीनमा युवा बेरोजगारी दर बढेको थियो । चिनियाँ शिक्षा मन्त्रालयका अनुसार अब छिट्टै चिनियाँ श्रमबजारमा एक करोड १६ लाख ग्रयाजुएट्सहरू थपिँदै छन् । आर्थिक तथ्यांकहरू झन्झन् खस्किँदै गएपछि केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति अवलम्बन गरेको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया