Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आईएमई र आईएमई पेले दियो साथ

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आईएमई र आईएमई पेले दियो साथ


काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका पाँच हिमाल चढ्न जाँदैछिन् । पूर्णिमाको यो प्रयासलाई सम्मान गर्दै आईएमई र आईएमई पेले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ ।

विश्वको सबैभन्दा उच्च १४ वटा शिखर चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृंखलाको पाँचवटा शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो आरोहण यात्रा जेठ ३० देखि सुरु हुने बताइएको छ । संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तीकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नोे यो आरोहण यात्रा सुरु गरेकी हुन् । फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले छ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका सातवटा शिखरहरू आरोहण गरिसकेकी छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया