साओमीका दुई डेस्कटप मोनिटर सार्वजनिक
काठमाडौं । साओमीले आफ्ना नवीनतम उत्पादनहरू मी २३.८ इन्च डेस्कटप मोनिटर १ सी र मी डेस्कटप मोनिटर २७ इन्च लन्च गरेको छ । यी अत्याधुनिक मोनिटरहरू अद्भुत फिचर र अत्याधुनिक प्रविधिका साथ डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको हो ।
कम्पनीका अनुसार दुवै मोनिटरमा १७८ डिग्री भियुइङ एङ्गल राखिएको छ । व्यावसायिक डिजाइनका काम, गेमिङ, मल्टिमिडियाजस्ता सबै कामका लागि यी मोनिटरले एक उच्चस्तरीय अनुभव प्रदान गर्दछ । फास्ट रेस्पोन्स र ६० हर्ज रिफ्रेस रेटसँग सुसज्जित मी २३.८ इन्च मोनिटरले फोटो ब्लर हुनबाट जोगाउँछ । यो गेमर र मल्टिमिडिया रुचाउनेहरूका लागि यो एक उत्कृष्ट रोजाइ बन्न सक्छ । त्यसैगरी ७५ हर्जको अधिकतम रिफ्रेस रेट, ६ एमएसको फास्ट रेस्पोन्स र ३०० निट्स ब्राइटनेस भएको मी मोनिटर २७ इन्चले सिमलेस भिजुअल र फ्लुइड मोसनसँगै गेमरहरूका लागि नवीन अनुभव प्रदान गर्दछ ।
अल्ट्रा–स्लिम बडी र पातलो ७.३ एमएम मोटाइ रहेको मी २३.८ इन्च डेस्कटप मोनिटरले डेस्क स्पेस बचाउने स्लिम र आधुनिक लुक किफायती मूल्यमा नै सुनिश्चित गर्दछ । अर्कोतर्फ मी डेस्कटप मोनिटर २७ इन्चले पनि ७.५ एमएम मोटाइको साथ एक आकर्षक र अल्ट्रा–स्लिम डिजाइनले घर वा काम गर्ने स्थानको वातावरणमा अझै सौन्दर्य थप्ने काम गर्दछ । मी २३.८ इन्च मोनिटर १५ डिग्रीपछाडि र पाँच डिग्रीअगाडि ढल्काउन सकिन्छ भने मी २७ इन्च मोनिटरलाई २१ डिग्रीपछाडि र पाँच डिग्रीअगाडि ढल्काउन सकिन्छ । मी २७ इन्चको बजारमूल्य २२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने मी २३.८ इन्च डेस्कटप मोनिटरको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया